शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडाैं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बरालले पाएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन् ।

सचिवालय बैठकले यो संगठनको उपाध्यक्षमा कल्पना वाइवालाई चयन गरेको छ । संगठनको महासचिवमा समिक आएका छन् । यसअघि नवीना लामा संघीय सांसद भएपछि अध्यक्ष बनेका ऐन महरले विद्यार्थी संगठनबाट बिदा लिएका छन् ।

तपाईको प्रतिक्रिया