Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ । क्यार्लिफोनियाबाट भर्च्युअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो ।
पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ । सो कम्पनीका अनुसार यसमा आइफोन-१३ सिरिजसंगै इन्ट्री लेबल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ समावेश छन् ।
कम्पनीले आइफोन-१३ का ४ मोडल- आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स बनाएको हो । आइफोन-१३ मिनीमा ५ दशमलव ४ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले, रिजोलुसन २३४०x१०८० पिक्सल र डेन्सिटी ४ सय ७५ पीपीआई छन् । यस्तै आइफोन-१३ मा ६ दशमलव १ इञ्च सुपर रेटिना एक्सडीआर ओर्एलईडी डिस्प्ले छ भने २५३२ x ११७० पिक्सल र डेन्सिटी ४ सय ७६ पीपीइ रिजोलुसन छन् । यो डिस्प्लेले एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्छ । यसको अधिकतम ब्राइटनेस ८ सय निट्स छ । यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ । दुवैमा एल्मुनियम डिजाइन छ । दुवै मोडल प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा पाइनेछन् । यसका डिस्प्ले सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाले बनाईएका छन् ।
दुवै मोडलमा १ सय २८ जीबी, २ सय ५६ जीबी र ५ सय १२ जीबी क्षमता छ । आइफोन-१३ मिनीको तौल १ सय ४१ ग्राम र आइफोन-१३ को तौल १ सय ७४ ग्राम छ । दुवै फोन वाटर प्रुफ अर्थात ६ मिटरसम्म पानीमा डुब्दा पनि ३० मिनेटसम्म केही हुँदैन । राम्रोसँग काम गर्छ ।
दुवै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ । जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ । ​फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्टजस्ता सुविधा छन् । ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डिप फ्युजन स्मार्ट एचडीआर-४, लाइभ फोटोको मोड पनि छ ।
यसमा लिथियम आयन ब्याट्री छ । ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिने एप्पल कम्पनीले जनाएको छ । आइफोन-१३ मिनीमा १७ घन्टाको भिडिओ प्लेब्याक, १३ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडिओ प्लेब्याकको सुविधा छन् ।
यस्तै आइफोन-१३ मा १९ घन्टाको भिडिओ प्लेब्याक, १५ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडिओ प्लेब्याक सुविधा छन् । आइफोन-१३ प्रो, आइफोन-१३ प्रो म्याक्स र आइफोन-१३ प्रोमा ६ दशमलव १ इञ्चका सुपर रेटिनासहित अन्य विभिन्न सुविधा छन् । दुवै मोडलमा १२ मेहापिक्सलको टि्रपल रियर क्यामरा छ । टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ ।
आइफोन-१३ मिनीलाई ६ सय ९९ डलर (नेरु करीव ८२ हजार) देखि ९ सय ९९ डलर (नेरु करीव १ लाख ७५ हजार) सम्म पर्छ । आइफोन-१३ लाई ७ सय ९९ डलर (नेरु करीव ९४ हजार) देखि १ हजार ९९ डलर (नेरु करीव १ लाख २९ हजार) सम्म पर्छ ।
आइफोन-१३ प्रोलाई ९ सय ९९ डलर -नेरु करीव १ लाख ७५ हजार) देखि १ हजार ४ सय ९९ डलर (नेरु करीव १ लाख ७६ हजार) सम्म पर्छ । र, आइफोन-१३ प्रो म्याक्सलाई १ हजार ९९ डलर (नेरु करीव १ लाख २९ हजार) देखि १ हजार ५ सय ९९ डलर (नेरु करीव १ लाख ८८ हजार) सम्म पर्ने कम्पनीले जनाएको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया