बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काबुल – अन्ततः तालिबानसँग अफगानिस्तानको पन्जसिर प्रान्त पनि पराजित भएको छ । त्यहाँ तालिबानविरुद्ध युद्धरत रेजिस्टेन्स फोर्सका सेनाले हार खाएका हुन् । तालिबानले पन्जसिरको गभर्नर हाउस (राज्य पालको कार्यालय) मा आफ्नो झण्डा फहराएको छ । अब पूरै अफगानिस्तान तालिबानले कब्जा गरेको छ ।

Aśvaka– آسواکا News Agency का अनुसार तलको तस्बिरमा तालिबान संगठनका सदस्यहरू पन्जसिर गभर्नर कार्यालय भवनअगाडि उभिएको देखिन्छ । उनीहरूको दाबी छ- प्रान्त (पन्जसिर) अब पूरै हाम्रो नियन्त्रणमा आइसक्यो । यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।’

तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउण्डको ढोका अगाडि उभिरहेको देखिएका छन् । बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ ।

आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए । तालिबानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्राप्त गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया