आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौ अन्य घाइते भएका छन् ।

उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहर्‍याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ । ‘आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,’ यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल-नाकिबले घटनाको पुष्टि गर्दै भने । उनले आक्रमणमा हुथीहरूको हात रहेको दावी गरेका छन् ।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए । हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

तपाईको प्रतिक्रिया