काठमाडाैं – श्रीलंकन एयरलाइन्सले कोलम्बो-काठमाडौं दुईतर्फी उडान गर्ने भएको छ । श्रीलंकाको ध्वजावाहक एयरलाइन्सले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै आउँदो मंगलबारदेखि कोलोम्बो-काठमाडौं उडान सुरु गर्ने भएको हो ।
कम्पनीको नियमित उडान संचालनका लागि नेपालका लागि जेनिथ ट्राभल जीएसए रहेको छ । श्रीलंकनले मंगलबार र शनिबार गरी साताको दुई दिन उडानको स्लट पाएको छ । कम्पनीले सुरुमा काठमाडौंबाट साउदीका दुई गन्तव्य दमाम र रियाद उडान गर्नेछ । दुबई, मालदिभ्स, कतार लगायत पाँच गन्तव्यमा नियमित उडान सुरु गर्ने जेनिथ ट्राभलले जनाएको छ ।
साउदीको दमाम र रियादका लागि सुरुवाती भाडादर ५१ हजार, ६५ हजार रुपैयाँ तोकिएको छ । यस्तै दोहाका लागि २३ हजार रुपैयाँ सुरुवाती भाडादर निर्धारण गरेको छ । मालदिभ्स उडानका लागि सुरुवाती भाडादर ४६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।