आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैँ – काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको छ । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् ।

याे पनि : काबुल आक्रमणमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् । इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् । ‘तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,’ उनले भने ।

बिस्फोटपछि विमानस्थलमा जताततै रगत देखिएको थियो । मानिसका जुत्ता, ब्याग र पानीका बोतलहरु घटनास्थलमा देखिएका छन् । यी मानिसहरु अफगानिस्तान छाड्ने तयारीसहित विमानस्थल आएका थिए । उनीहरु कुनै विमानले उद्धार गरिदेला भन्ने आशामा थिए ।

तपाईको प्रतिक्रिया