Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।  महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ।

भदौ २ गतेसम्ममा सरकारले कुल ९७ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व उठाएको छ यो भनेको कुल लक्ष्यको ८.४४ प्रतिशत हो। सरकारले चालु अर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। गत वर्षको यसै अवधिमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। जुन लक्ष्यको ६ प्रतिशतको हाराहारी मात्रै थियो।

बुधबारसम्ममा सरकारले कर बापत ८० अर्ब १ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने गैर कर बापत १७ अर्ब १६ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ।

अन्य आम्दानी समेत गरी सरकारले कुल १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो भनेको कुल लक्ष्यको ९.०५ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै १.०४ प्रतिशत बजेट खर्च गरेको छ। भदौ २ गतेसम्ममा सरकारले १७ अर्ब १७ करोड १७ लाख रुपैया बजेट खर्च गरेको छ।  गत वर्षको यसै अवधिमा सरकारले ०.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो।

यस अवधिमा सरकारले कुल ११ अर्ब २२ करोड रुपैयाँ चालु खर्च गरेको छ। यो लक्ष्यको १.१२ प्रतिशत हो। यस वर्ष सरकारले १० खर्ब ४ अर्ब ३५ करोड ८८ लाख रुपैया चालु खर्च गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया