काठमाडौं – नेपालको आफ्नै डिजिटल मुद्राका लागि आवश्यक अध्ययन हुने भएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले डिजिटल करेन्सीको विषयलाई पहिलाे पटक सम्बोधन गरेको हो ।
उनले विश्वव्यापी रुपमा डिजिटल करेन्सीको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै सेन्ट्रल बैंकबाट डिजिटल करेन्सीका लागि आवश्यक अध्ययन गर्ने तयारी गरेकाे समेत बताएका छन् ।