Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाजले तत्कालै यूएई जाने यात्रु नबोक्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा यात्रुका लागि आरडीटी परीक्षणको व्यवस्था नगरिएकाले निगमले यात्रु नलैजाने सूचना जारी गरेको हो ।

विमानस्थलमा आरडीटी परीक्षण हुनासाथ उडान सेवा सुचारु गरिने निगमले बताएको छ । निगमले यूएईको लागि टिकट खरिद गरेका यात्रुलाई सम्बन्धित ट्राभल तथा निगमकै कार्यालयमा सम्पर्कमा गर्न अनुरोधसमेत गरेको छ ।

निगमले अर्को सूचना जारी नगरेसम्म उडान नभर्ने जनाएको छ । यूएईले आफ्ना मुलुकमा प्रवेश गर्ने नागरिकलाई विभिन्‍न शर्त राखेको छ । जसअन्तर्गत नेपालबाट यूएई प्रवेश गर्ने यात्रुहरूले शर्त अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।

उडान भर्नुभन्दा अघि यात्रुले ४ घण्टाभित्र अनिवार्य आरडीटी परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ । यात्रा गर्दा रिपोर्ट साथमा लिएर उडान भर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया