Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । आज संसदमा आर्थिक ‘श्वेतपत्र’ जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक शवेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६ / ७७ मा २ खर्ब १६ मा पुगेको जानकारी गराएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘आर्थिक वर्ष २०७७/७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् । उनले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।

जीडीपीमा घट्यो कृषिको योगदान
अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ । गत वर्षसम्म जीडीपीमा २६ प्रतिशत रहेकोमा यो वर्ष २५ प्रतिशत मात्रै रहने देखिएको उनले बताए । त्यस्तै मूल्यवृद्धि समेत बढी रहने अनुमान देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको मूल्य बढेकाले मूल्यवृद्धि हुने देखिएको उनले बताए ।

तपाईको प्रतिक्रिया