Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – जापानको ‘एनिमे’ (Anime) विश्वभरीनै प्रख्यात छ । एनिमे भनेको एनिमेसन गरिएका जापानी फिल्म वा कमिक (माङ्गा) सिरिज हुन्। यद्यपि सबै एनिमेसनलाई एनिमे भन्न मिल्दैन।  पश्चिमी एनिमेटेड फिल्महरूको विपरीत, एनिमेहरू बच्चाहरूमा मात्र निर्देशित हुँदैन; कथाहरू ड्रामा र कमेडी देखि एक्शन प्लाटसम्म बिभिन्न क्षेत्रहरूमा बनेका हुन्छन्। मानव भावनालाई विशेष जोड दिइने जापानी एनिमेमा दुख, सुख, मिहिनेत जस्ता विषयलाई जोड दिइएका हुन्छन् ।

एनिमेसनको क्षेत्रमा जापानको एनिमेले ६० प्रतिशत भाग ओगटेको छ।

एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हुन् । एनिमेको ईतिहास सन् १९१७ बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशकबाट एनिमे शैलीगत विकास भएको पाइन्छ। जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी (जसमा स्टुडियो जिब्ली, गेइनेक्स, तोइ एनिमेसन जस्ता स्थापित नाउँहरू) रहेका छन्। जापानभरीमा एनिमेको लागि आवाज दिनको लागि १३० बढी विध्यालयहरू पनि खोलिएका छन् ।

एनिमेले जापानीहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

नेपालमा पनि एनिमे रुचाउने दर्शक प्रशस्त रहेका छन्। राजधानीमा समय समयमा विभिन्न एनिमे कार्यक्रमहरू आयोजना हुने गर्दछन् भने एनिमेका थिममा रेस्टुरेन्ट पनि खुल्न थालेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया