आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – जर्मनीले करिब ५ किलोमीटर लामो इलेक्ट्रिफाइड हाइवे(ई-हाइवे)निर्माण गरेको छ । फ्रैङ्कफर्ट नजिक बनाइएको यो हाइवेमा हालै विभिन्न सवारी साधन चलाएर प्रदर्शन गरिएको थियो ।

हाइवेमा रेल जसरी नै ट्रक पनि विद्युतीय तारको मुद्दतमा गुडेको थियो । यस हाइवेमा सबैभन्दा पहिला थोमस श्मीडलरले ट्रक चलाएका थिए ।

हाईवेमा ट्रक डिजलबाट विद्युतीय मोडमा अउनेबित्तिकै इन्जिनको आवाज पनि मधुरो भएको थियो । यसले वातावरण प्रदुषणमा निकै कमी ल्याउने बताइएको छ ।

तपाईको प्रतिक्रिया