Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – अनाधिकृत रूपमा सेयर खरिद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ ।

साधारण शेयर विक्री गर्न लागेको एक कम्पनीको सेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरिद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको हाे ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ ।
तपाईको प्रतिक्रिया