आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं — एनआरएनए स्पेनको नयाँ नेतृत्वको लागि उत्तरकुमार राई र शालिकराम डुम्रे चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका लागि राई र डुम्रेले बुधबार बार्सिलोनामा उम्मेदवारी मनोनयन दर्ता गराएपछि द्विपक्षीय प्रतिस्पर्धा हुने पक्का भएको हो।

म्याड्रिड निवासी राई संघको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने बार्सिलोना निवासी डुम्रे कार्यसमितिका सदस्य हुन् । आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौँ अधिवेशनमा लागि विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ।

यस्तै दुई अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। दिनेश कुमार गिरी, प्रकाश तिमिल्सिना र यज्ञ नारायण पौडेलले (रमेश) उम्मेदवारी दर्ता गराएका हुन्। गिरी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। यसअघि उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै आएका थिए। तिमिल्सिना छैटौँ अधिवेशनमा पनि आईसीसीका प्रत्यासी थिए। यस्तै पौडेल वर्तमान कार्यसमितिकै सल्लाहकार हुन्। दुई हजारभन्दा बढी पंजीकृत सदस्य भएकाले एनआरएनए स्पेनमा दुईजना आईसीसी सदस्य निर्वाचित हुनेछन्।

तपाईको प्रतिक्रिया