Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।

खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ । मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि पाक्षिक घाटा ६५ करोड रहेकोमा मूल्यवृद्धिपछि घाटा अझ बढेको हो । अघिल्लो अवधिमा निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको बिक्री कम थियो ।

मंगलबार मूल्यवृद्धि गर्दा पनि निगम पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा हुनेछ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो । अघिल्लो मूल्य समायोजनको बेला लकडाउन भएकाले पेट्रोलियम पदार्थको बिक्री कम थियो र घाटा पनि कम थियो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल विश्व बजारको मूल्यकै आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताउँछन् । डलरको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र राजस्वका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको पौडेलको भनाई छ ।

‘नेपाल आयल निगमले व्यापार गरेको छैन । हामी त भन्सारजस्तै निकाय हो । व्यापार त पम्पहरूले गरिरहेका छन् । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्य नै हामीले तोक्ने हो’, पौडेलले  भने । पौडेलका अनुसार हाल निगमले पेट्रोलमा ७ करोड, डिजेलमा ४ करोड, मट्टितेलमा २१ करोड, एलपी ग्यासमा ३ करोड र एविएशन टर्बाइन फ्यूलमा १६ करोड रूपैयाँ पाक्षिक घाटा व्यहोरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया