आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं — दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि जुमा आफै प्रहरी समक्ष गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्वाजुलु–नाताल प्रान्त स्थित आफ्नो घर नजिकैको जेलमा उनी बुधबार अबेर गएको उनको फाउन्डेशनले जनाएको छ ।

प्रहरीले बुधबार अबेरसम्म आत्मसमर्पण नगरेमा ७९ वर्षका जुमालाई पक्राउ गर्न आफूहरु तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो ।

भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो ।

गएको आइतबार प्रहरी हिरासतमा जान नमानेपछि बुधबार मध्यरातसम्मको अल्टिमेटम दिइएको थियो ।

दक्षिण इफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो। उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण प्रदान गर्न दिएको आदेश जुमाले नमानेका हुन् ।

तपाईको प्रतिक्रिया