काठमाडौं — नेप्से १९ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ४३ बिन्दुुमा पुुगेको छ । साताको अन्तिम कारोबारमा सबैजसो सूूचकमा हरियाली छाएर बन्द हुुँदा सेयर खरिद–बिक्रीमा पनि केही सुधार आएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ३३ अंकले बढेर ५ सय २८ दशमलव ७१ बिन्दुुमा पुुगेको छ ।
अघिल्लो दिन ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २४ कम्पनीको ३ करोड २८ लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेको इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ३० करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ भने ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मेगा बैंक नेपालको १८ करोड २४ लाख रुपैयाँ र बुुटवल पावर कम्पनीको १६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ समूूहमध्ये १२ समूूहका सूूचकमा हरियाली छाएको छ भने निर्जीवन बिमा समूूह नकारात्मक बनेको छ । होटेल तथा पर्यटन, विकास बैंक, फाइनान्स समूूहका लगानीकर्ताले भने उच्च नाफा आर्जन गर्न सफल भएका छन् ।
सबैभन्दा धेरै बढ्ने कम्पनीमा ओरिएन्टल होटेल करिब १० प्रतिशतले सर्किट मूूल्यमा कारोबार भएको छ । गुुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धुु विकास बैंक, बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाउन सफल भएका छन् । घट्नेमा कुुमारी म्युचुअल फन्ड, राधी विद्युुत् कम्पनी, एनएलजी इस्योेरेन्स कम्पनी रहेका छन् ।