बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा ३३७० र एन्टिजेनमा ११०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १२ हजार ०२ पिसिआर परीक्षण गरिएको छ । ५९०१ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ९१ हजार ४९४ जना पुगेको छ ।

अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ हजार ६६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६९५१ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७९९० पुगेको छ ।

तपाईको प्रतिक्रिया