टोकियो – जापान रेमिट फाइनान्स (जेआरएफ)मार्फत ई-सेवा र प्रभु-पे खातामा पैसा पठाउन सकिने भएको छ । जेआरएफ वालेट एपमार्फत ई-सेवा र प्रभु-पे खातामा पैसा पठाउन सकिने सुविधा ल्याएको कम्पनीले जनाएको छ ।
जेआरएफका नेपाल प्रमुख ॠषि आचार्यका अनुसार ई-सेवा र प्रभु-पे खातामा पठाए तुरुन्तै जम्मा हुनेछ । त्यसका लागि सेवा शुल्क ३ सय येन लाग्ने उनले बताए । साथै आफ्नो वालेटमार्फत सजिलै जुनसुकै बेला पनि तुरुन्त पैसा पठाउन सकिने प्रमुख आचार्यले जानकारी दिए ।
नेपाललगायत विश्वका विभिन्न देशमा पैसा पठाउँदै आएको जेआरएफले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै रेमिट्यान्सको लागि डिजिटल प्रविधिको प्रयोग गर्दै जेआरएफ वालेट एप सञ्जालनमा ल्याएको थियो ।
-
यी हुन् विशेषता
- नेपालमा भएको आफ्नो तथा आफन्तको ई-सेवा र प्रभु-पेमा जेआरएफ वालेटमार्फत पैसा पठाउन सकिने छ ।
- पहिलो तथा प्रत्येक ४ पटक पैसा पठाउदा सेवा शुल्क लाग्ने छैन । (यो सुविधा ब्याक कार्ड र म्यानुअल ट्रान्सको लागि मात्र लागु हुनेछ)।
- रेमिड कार्ड तथा वालेट कार्ड बनाउँदा कुनै शुल्क लाग्ने छैन ।
- जेआरएफ वालेटबाट पहिलो पटक पैसा पठाउँदा सेवा शुल्क लाग्ने छैन ।
- नयाँ सदस्यका लागि मोबाइल एप जेआरएफ वालेटबाट बिना झन्झट नै रजिष्ट्रेशन गर्न सकिने छ । प्रक्रिया पूरा भएपछि तुरुन्तै पैसा पठाउन सकिने छ ।
- जेआरएफ वालेट गल इन गरेर पैसा पठाउन चाहेको व्यक्तिको विवरण आफैले ‘एड’ गर्न सकिने छ ।
- वालेटमा भएको पैसा रेट राम्रो भएको बेला अथवा आफ्नो आवश्यकता अनुसार आफैले पठाउन सकिने छ ।
- जापानभर रहेका सम्पूर्ण जापान पोष्ट बैंक (Yucho) एटीएम र फेम्ली मार्टमा भएको जेपीको एटीएमबाट २४ सै घण्टा वालेट चार्ज गर्न र पैसा पठाउन सकिने छ ।
- नेपालको सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुमा सजिलै जम्मा गर्न सकिने छ ।
- पैसाको कारोबार गर्ने प्रायः सम्पूर्ण बित्तिय संस्थाहरुबाट नगद पनि लिन सकिने छ ।
- कारोबारको जानकारी केहि मिनेटमा नै नोटिफिकेशन, एसएमएस र ईमेलबाट तुरुन्त प्राप्त गर्न सकिने छ ।