Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

दुईदेशलाई जोड्ने साँस्कृतिक पुल

टोकियो – जापान-नेपाल असल दौत्य सम्बन्ध भएका देश हुन् । धार्मिक र साँस्कृतिक पक्षमा पनि जापान र नेपालबीच धेरै समानता छ । विशेषगरी साँस्कृतिक पाटाहरु अझ धेरै मिल्दाजुल्दा छन् । जापानीहरु नेपाललाई निकै मन पराउँछन् । कारण, यी दुई देशबीच धार्मिक र साँस्कृतिक पक्षमा धेरै समानता हुनु पनि हो ।
यसैबीच नेपालको लोक लयमा आधारित एक संगीतलाई नयाँ सिर्जनात्मक प्रयोगमार्फत जापानी ढाँचा एवं शैलीमा ढालिएको म्युजिक भिडियो ’जापानेपाल’ सार्बजनिक भएको छ ।
म्युजिक भिडियो मार्फत नेपाली संगीतमा जापानी गायकले स्वर दिएर नेपाल-जापानको साँस्कृतिक आयामलाई नयाँ रुप दिन खोजिएको छ । जापानी गायक फ्लाइ टी (नोबुहिरो फुरुइची) ले नेपाली लोक लयमा आधारित ‘मायाको बारीमा डुले भमरा’ बोलको गीतमा रहेको संगीतमा रिमिक्स भर्सनका रुपमा जापानीमा गाएका हुन । उक्त ’मायाको बारीमा डुले भमरा’ गीतका गायक रामकृष्णबम मल्ल हुन् भने संगीतकार श्रीकृष्णबम मल्ल हुन् ।
रिमिक्स भर्जनमा निर्माण गरिएको सो रिमिक्स गीतमा जापान र नेपालको साँस्कृतिक पक्षलाई जोड्न खोजिएको छ । गीतमा नेपालका साँस्कृतिक एवं पर्यटकीय नगरी पोखरा र राजधानी काठमाडौंको चर्चा एवं दृश्यहरु समेटिएको छ भने जापानमा रहेर पनि नेपालको साँस्कृतिक पहिचानलाई अक्षुण्ण राख्दै नेपालीहरुका प्रतिनिधिमुलक ब्यवसायिक गतिविधिहरुलाई दृश्यमा कैद गरिएको छ ।
उक्त रिमिक्स गीत र सो गीतको म्युजिक भिडियोमा भएको नयाँ प्रयोगले जापान र नेपालबीचको साँस्कृतिक सम्बन्ध एवं अन्तरघुलनलाई जनस्तरमा थप बिकास र बिस्तार गर्न सहयोग पुग्ने निर्माण टिमको अपेक्षा रहेको छ ।

नेपाली लोक लयमा आधारित नेपाली संगीतमा जापानी भाषाका शब्दमा जापानीकै आवाज तर र्‍याप शैली उक्त गीतको विशेषता रहेको बताईएको छ । सो गीतमा जापानमै रहेका गायिका तथा मोडल सोना केसी र कोरियोग्राफर अरमान गुरुङको मुख्य फिचरिङ रहेको छ भने उनीहरुलाई हिरा श्रीष, पूर्ण पुन मगर, कुदो हारुयाशु, मारुमो तोरो, उताको लगायतले साथ दिएका छन् ।
जिएमटी इन्टरनेशनल क. लि. निर्माता रहेको सो म्युजिक भिडियोमा अरमान गुरुङको कोरियोग्राफी एवं निर्देशन रहेको छ भने सम्पादन रमेश दुराले गरेका छन् ।
दुई देशबीचको साँस्कृतिक सम्बन्धलाई नयाँ प्रयोग एवं प्रविधिको माध्यमबाट जनस्तरमा थप बिस्तार गर्ने र संगीत मार्फत जापानमा नेपाललाई थप चिनाउने उद्देश्य एवं अवधारणा अनुसार उक्त भिडियो निर्माण गरिएको निर्माण टिमका संयोजक एवं पत्रकार तिलक मल्लले बताए ।
’संगीतको कूनै भाषा, भूगोल र सीमारेखा हुँदैन, साँगीतिक छडी यस्तो चीज हो जसको माध्यमबाट सजिलै दुई देशलाई  भावनात्मकरुपमा जोड्न सकिन्छ भन्ने भिडियो मार्फत सन्देश दिन खोजिएको छ’ – म्युजिक भिडियोका अतिथि कलाकार रामकृष्णबम मल्लले भने ।
’नेपाल र नेपालीसंग रहीआएको जापानको विशिष्ट सम्बन्धलाई संगीतमार्फत उजागर गर्ने मेरो तीब्र चाहना एवं प्रयासमा मनैदेखि साथदिने सबैप्रति आभारी छु’ – गायक फ्लाइ टी (फुरुइची) ले समुद्रपारिसंग भने – ’नेपाललाई जतिसक्दो धेरै जापानीहरुले चिनून् भन्ने हाम्रो चाहना हो ।’ ***
भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोला । 
https://www.youtube.com/watch?v=cURz12ZTOzU

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया