Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपालमा कोरोना महामारी सामना गर्न अमेरिकी नागरिकका तर्फबाट नेपाललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ । अमेरिकाले तीन वटा चार्टर जहाजबाट स्वास्थ्य सामग्री पठाउने क्रममा यो पहिलो उडान काठमाडौं आइपुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा केहि सातादेखि तीव्ररुपमा कोरोना फैलिनुका साथै दैनिक सयौं व्यक्तिको ज्यान जान थालेपछि अमेरिकाले सो सहयोग पठाएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सो जहाजबाट प्राप्त सामग्रीहरु नेपालका लागि अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकाबाट सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा लगायतका सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । अमेरिकाले अघिल्लो पटक यूएसएडमार्फत् १०० थान भेन्टिलेटर, कोरोना परीक्षण उपकरण, अक्सिजनसम्बन्धी सामग्री, पीपीई, र संक्रमितको जीवन बचाउन चाहिने अन्य मेडिकल सामग्री प्रदान गरेको थियो ।

यूएसएडले भोलि स्वास्थ्य मन्त्रालयलाई एक हजार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । यी मेडिकल सामग्रीहरु संक्रमितको जीवन जोगाउन अत्यन्त उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया