काठमाडौं – नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र १७७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ । अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ ।