Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – काठमाडौं र काभ्रेमा आजदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज प्रदान गरिँदैछ। पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछन्।

काठमाडौं र काभ्रेमा खोप प्रदान गर्ने तालिका भने फरक छ। काठमाडौंमा चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले (आज) जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया