Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले आज ओमानको राजधानी मस्कट र चीनको राजधानी बेइजिङबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरूप प्राप्त हुने ६ सय अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटतर्फ गएको वाइडबडी जहाज आज साँझ काठमाडौं फर्किने निगमले जनाएको छ ।

यस्तै, चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ः०० बजे बेइजिङतर्फ जान लागेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटर लगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार, सिलिन्डरसँगै चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । त्यसका लागि निगमको जहाज बेइजिङ पठाउन लागिएको उनले बताए ।   निगमको पूर्वनिर्धारित उडान तालिका अनुसार, वाइडबडी जहाज ‘ए’ ३३० आज राति बेइजिङ उड्दै छ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक पाँच सय ५० सिलिन्डर ल्याइनेछन् ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार, चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा एक सय, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६, होङ्सी ग्रूपले २७ थान र करुणा फाउन्डेसनको सहयोगमा एक सय १० वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउन लागिएको हो ।

निगमको वाइडबडी जहाजले यसअघि २८ वैशाखमा चीनबाट अनुदानका चार सय वटा अक्सिजन सिलिन्डर, १० वटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।

तपाईको प्रतिक्रिया