Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – नेपालमा फैलिएको कोरोनाभाइरसको महामारी रोक्न यूरोपेली संघले २ मिलियन यूरो (करीब रू.२८ करोड २० लाख) सहयोग घोषणा गरेको छ ।

नेपाल सरकारले महामारीसँग जुध्न सहयोगको अपेक्षा गरेकोमा पहिलो चरणमा यो सहयोग उपलब्ध गराइने यूरोपेली संघले विज्ञप्ति मार्फत जनाएको छ ।  सहयोग रकम होम आइसोलेसनमा बसिरहेका बिरामीलाई दूर स्वास्थ्य सेवा दिन, अस्पतालहरूलाई परामर्श सेवा दिन तथा आपत्‌कालीन मेडिकल टीम परिचालन र स्वास्थ्य सामग्रीको खरीद गर्न प्रयोग हुनेछ ।

आपत्‌कालीन स्वास्थ्य सामग्री अन्तर्गत अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होम केयर किट्स, परीक्षणका सामग्री आदि पर्नेछन् । फिनल्यान्डले नेपाललाई २० लाख सर्जिकल मास्क, तीन लाख ५० हजार एफएफपी टु मास्क, ५२ हजार पाँच सय थान पन्जा तथा ३० हजार आइसोलेसन गाउन सहयोगको पनि घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया