काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।