Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय र भयावह अवस्था भोग्नु पर्नेमा सचेत गराएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोटाअनुरुपको अक्सिजन पनि उपलब्ध हुन नसकेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भनेका छन्, ‘पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ ।’

निर्देशक सिंहले कोभिड-१९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’ को रुपमा रुपान्तरण गरी सेवा प्रदान गरेको पनि बताएका छन् ।

असहज अवस्था भए पनि उपलब्ध सीमित साधन स्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनेर अस्पताल प्रयत्नशील रहेको पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया