Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालका लागि कठिन समय भएको भन्दै घरमै बस्न आग्रह गरेका छन् । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव भएकाले दुःख सहेरै भएपनि ३ हप्ता घरभित्रै बस्न उनले आग्रह गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ,’ उनले भने, ‘दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’

सकेसम्म बाहिरै ननिस्कने र यदि निस्कनैपरे डबल मास्क लगाएर दूरी कायम गरेर सुरक्षित रुपमा निस्कन उनको सुझाव छ । ‘पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानीरस्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ‚’ डा. पाण्डेले भने, ‘यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ ।’

सरकारले गरेको लकडाउन हाम्रै लागि भएकाले कडा सेल्फ लकडाउनमा बस्न आग्रह गर्दै डा पाण्डेले अगाडि भने, ‘यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’

बेड र अक्सिजन अभावलाई यसरी व्यबस्थित गरौँ 
कोरोना महामारी तीब्रगतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।

१) हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्ने, हरेक नागरिकले पिसिआर पोजिटिभ आउने वित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

२) फिभर क्लिनिकमा Triage गर्ने अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे र सिटि लगायतका परीक्षण गर्ने कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।

३) यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।

४) हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन रु यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय र सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।

५) समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने र गराउने वातावरण निर्माण गर्ने ।

६) कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने र गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।

७) संक्रमण नफैलिएका जिल्लाको औषधि र उपकरण र जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

८) सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ, अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।

९) जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

१०) स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै ५० किलो चामल र ५ किलो दाल) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ। मानवताको उच्च उदाहरण बनौं ।

  • जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको फेसबुकबाट
तपाईको प्रतिक्रिया