काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८२ सय ८७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।
यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ ।