काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा पनि कोरोना पसेको छ । कञ्चनपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी प्रचण्डकी बुहारी बीना मगरलाई कोरोना संक्रमण भएको हो ।
वैशाख २७ गते हुन लागेको विशेष अधिवेशनको तयारीका लागि संसद सचिवालयले गरेको पिसिआर परीक्षणका क्रममा बीनालाई कोरोना पुष्टि भएको थियो । बीनासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका २६ जना सांसदलाई कोरोना देखिएको छ ।
यो पनि : दुई मन्त्रीसहित २६ सांसद संक्रमित, के हुन्छ संसद् अधिवेशन ?