Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिदेशीय टि-२० अन्तर्राष्टिय सिरिजको उद्घाटन खेलमा अहिले नेपाल र नेरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल अहिले खेल जारी छ । नेपालले टस जितेर बलिङ रोजपछि पहिले नेरल्याण्डले ब्याटिङ गरेको नेदरल्यान्डले नेपाललाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ । नेदरल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर रन १३५ बनाएको हो ।

नेदरल्यान्डका लागि बास डि लीडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बलको सामना गर्दा ३ चौका र २ छक्का प्रहार गरे। स्कट एडवार्ड ३२ बलमा ३० रन बनाए ।

कप्तान पिटर सिलार अविजित २२ रन बनाए । १७ बलमा उनले २ चौक १ छक्का प्रहार गरे । एन्टोनियस सटल ९ बलमा अविजित २० रन जोडे । अन्तिमका ३ ओभरमा मात्रै नेदरल्याण्डका ब्याट्सम्यानले ३६ रन जोड्न सफल भए ।

नेपालका लागि सन्दीप लामिछाने २ विकेट लिँदा साहब आलम र सोमपाल कामी १–१ विकेट लिए। नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिएका थिए। लामिछानेले दोस्रो ओभरको अन्तिम बलमा नेरल्याण्डको विकेट लिएका हुन् । उनले ११ बलमा १० रन बनाएर खेलिरहेको ओपनर म्याक्स दोवडलाई एलबीडब्लु आउट गराएका हुन् ।

नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका थिए , उनले तेस्रो ओभरको चौथो बलमा सोमपालले शून्य रनमा एलबीडब्लु आउट गराएका हुन् ।

१४औँ ओभरको पाचौँ बलमा शाहब आलमले नेपालका लागि तेस्रो विकेट लिएका थिए। नेदरल्याण्डका ओपनर स्कट एडवार्डसलाई आरिफ शेखको हातबाट क्याच गराएका हुन्। एडवार्डसले ३२ बलमा ३० रन बनाएर आउट भएका हुन् ।
नेपाली पहिलो र दोस्रो विकेट छिटै लिएपछि तेस्रो विकेटका लागि नेदरल्याण्डका ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए।

सन्दीप लामिछानेले नेदरल्याण्डको चौथो विकेट झारेका थिए । १७औँओभरको अन्तिमा बलमा लामिछानेले ४१ रन बनाएर खेलिरहेका नेदरल्याडका बास डे लीडलाई कुशल भुर्तेलबाट क्याच गराएका थिए ।

तपाईको प्रतिक्रिया