शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बो क्युम नियुक्त भएका छन् । राष्ट्रपति मुन जे इनले नयाँ प्रधानमन्त्रीको रुपमा किमलाई नियुक्त गरेका हुन् ।

यसअघि चार पटकसम्म विधायक रहिसकेका किम पूर्व आन्तरिक मन्त्रीसमेत हुन् । सन् २०१७ को मेमा राष्ट्रपति मुन नेतृत्वमा सरकार बनेयता दक्षिण कोरियामा तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् ।

मुनको कार्यकालमा किम तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् । अब किमलाई संसदले प्रधानमन्त्रीमा पारित गरेपछि मात्रै उनले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।

राष्ट्रपति मुनले प्रधानमन्त्रीसँगै ५ जना मन्त्रीहरु र राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ता पनि नियुक्त गरेका छन् । मुनले भूमि, श्रम, उद्योग, विज्ञान र समुद्र मन्त्रीसमेत नियुक्त गरेका छन् ।

जसअनुसार लिम हे सुक विज्ञानमन्त्री, मुन सङ उक उद्योगमन्त्री, एन क्युङडुक श्रममन्त्री, नो ह्योङ उक भूमिमन्त्री र पार्क जुन योक समुद्रमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ताको जिम्मेवारी पार्क क्युङ मीले पाएका छन् । यसअघि दक्षिण कोरियाको प्रधानमन्त्री चुङ से क्युन रहेका थिए ।

तपाईको प्रतिक्रिया