बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा बाढीका कारण २१ जना कामदार फसेका छन् । सिन्ह्वाका अनुसार शनिबार २९ जना कामदारले काम गरिरहेको खानीमा बाढीको पानी भरिएको थियो । हालसम्म ८ जनाको उद्धार गरिएको छ ।

हुटुबी काउन्टीको खानीमा फसेका २१ जनालाई हाल उद्धारको प्रयास जारी राखिएको बताइएको छ । उद्धारकर्ताका अनुसार हाल श्रमिकहरु फसेको स्थान पत्ता लागिसकेको छ । उनीहरुलाई सास फेर्न गाह्रो हुन नदिनको लागि खानीमा अक्सिजन पम्प गरिएको छ ।

साथै पानीलाई पनि बाहिर फ्याँक्ने काम जारी राखिएको छ । चीनका खानीहरु विश्वमै खतरनाक मानिन्छन् । गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो । त्यसअघि गत डिसेम्बरमा चोङकिङको एक खानीमा २३ जनाको मृत्यु हुँदा त्यसको तीन महिना अगाडि अर्को कोइला खानीमा १६ जनाको मृत्यु भएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया