Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – कोभिडविरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) शुक्रबार जापान आइपुगेको छ । स्वास्थ्य मन्त्रालयले अमेरिकी औषधि कम्पनी फाइजर इंक द्वारा विकसित कोरोनाभाइरस खोपको आइतवार औपचारिक स्वीकृति लिएर अघि बढ्ने योजना बनाएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, सिंगापुर र विश्वका अन्य भागहरूमा लगाउन सुरु भइसकेको फाइजरको खोप कम्पनीले जापानमा प्रयोग गर्न स्वीकृतिका लागि डिसेम्बरमा आफ्नो आवेदन दिएको थियो ।

सरकारी स्वास्थ्य प्यानल शुक्रबार रातीको बैठकमा फाइजर र एनबायोटेकको खोपलाई स्वीकृत गर्ने नगर्ने बारे छलफल गर्ने आशा गरिएको छ ।

करिब चार लाख डोज आज शुक्रबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

जापानका प्रधानमन्त्री योशीहिदे सुगाले अर्को हप्ताको बीचबाट खोपहरू लगाउन सुरु हुने बताएका छन् । जानकारी अनुसार पहिलो चरणमा करिब २०,००० स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।

यस वर्षको मध्यसम्म जापानको सम्पूर्ण जनससंख्याका लागि पर्याप्त खोप आपूर्ति गर्ने सरकारको लक्ष्य रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया