Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आयात निजी क्षेत्रलाई दिने सम्बन्धमा सरकार सकारात्मक देखिएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र स्वाथ्यमन्त्री हृदयेश त्रिपाठीसँंगको भेटमा निजी क्षेत्रलाई कोभिड खोप ल्याउन दिने सम्बन्धमा छलफल सकारात्मक भएको हो ।
कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसमक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीसमक्ष भेटी उक्त माग गरेका हुन् ।
निजी क्षेत्रको भनाइपछि मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको खोप प्राथमिकताको क्रममा दिन सुरु गरिएकाले दोस्रो चरणको खोप आयातपछि उद्योगी व्यवसीलाई प्राथमिकतामा राखिने बताए । साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक देखिएका छन् ।
भेटमा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरेका छन् । कोरोनाका कारण निजी क्षेत्र पनि आक्रान्त भइरहेकाले महासंघसंँग आबद्ध जिल्ला नगर, वस्तुगत तथा एसोसिएट्स सदस्यका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनसमेत माग गरेका छन् ।
पछिल्लो समय सरकारी निकायबीच समन्वय नहु“दा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरूले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन आग्रह पनि गरेका छन् । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरूपता ल्याउन व्यवसायीको आग्रह थियो । भेटमा महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति भक्त हमाल, सदस्यहरू सुरेश घिमिरे र हेमराज बडालको उपस्थिति थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया