Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – चीनको वुहानमा कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले कोरोना भाइरस कुनै जनावरबाट फैलिएको हुनसक्ने बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वुहनमा अध्ययन गर्न गएको डब्लुएचओको टोलिले मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोनाको उत्पतिको स्पष्ट प्रमाण नभेटिएको बताएको छ । साथै टोलिले यसअघि वुहान स्थित ल्याबबाट कोरोना भाइरस लिक भएको भन्ने विषय बारेपनि स्पष्ट प्रमाण नभेटिएको बताएको छ ।

टिमका सदस्य पिटर बेन एम्बारेकले भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ल्याबबा कोरोना भाइरस मानिसमा सरेको थ्योरी ठिक देखिएको छैन । साथै ल्याबबाट भाइरस सर्न सम्भव देखिएको छैन ।’

उनले वुहानको सीफुड बजारबाट कोरोना भाइरस फैलिएको हुनसक्ने बताए । साथै उनले भाइरसको उत्पतिका विषयमा नयाँ प्रमाण भेटिए पनि त्यसले महामारीको स्वरूप कसरी लियो भन्ने बारे स्पष्ट नभएको बताए । यसअघि चिनियाँ वरिष्ठ स्वास्थ्य अधिकारी लियांग वानियानले चीनले डब्लुएचओको अनुसन्धान टिमलाई पुरा सहयोग गरेको बताए ।

उनले कोरोना भाइरस वुहानमा शुरु हुदा सीफुड बजारसँग सम्बन्धित केहि केस भएपनि अन्य केस सीफुडसँग सम्बन्धित नरहेको पनि भेटिएकाले सीफुडबाटनै यसको उत्पति भएको यकिन साथ भन्न गार्हो रहेको बताए ।

तपाईको प्रतिक्रिया