Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहान स्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड-१९ को सङ्क्रमण फैलिएको प्रारम्भिक अनुमान गरेको छ । डब्ल्यूएचओका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानमा त्यस्तो आशंका गरेका हुन् । उनीहरूले काेभिडको संक्रमणको आरम्भ र भाइरस  कहाँ उत्पत्ति भयाे पत्ता लगाउन सकेका छैनन् ।

कोभिड अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट विस्तार हुन पुगेको आशंका उनीहरूले व्यक्त गरेको सिन्ह्वाले जनाएको छ । डब्लूएचओका अधिकारीहरूको हवाला दिँदै सिन्ह्वाले लेखेकाे छ, ‘भाइरसकाे उत्पत्ति अन्यत्र कतै भएको छ । तर संक्रमण भने सामुद्रिक खाना राखिएको बजारबाट फैलिएको हो ।’ त्यहाँको अध्ययन-अनुसन्धान गर्न विश्‍व स्वास्थ्य संगठन पहिल्यैदेखि चीन जान खोजेको भएपनि आरम्भमा चीन सरकारले आलटाल गरेको थियो ।

हालै उनीहरू वुहान पुगेर अनुसन्धानमा गरेका थिए । त्यस क्रममा उनीहरूले यस्तो निश्‍कर्ष निकालेका हुन् । कोभिड-१९ सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको नै हो भन्‍ने तथ्य उनीहरूले प्रस्तुत गरेका छन् । तर त्यो भाइरस कता उत्पत्ति भएको अझै पत्ता लगाउन नसकेकोमा डब्ल्यूएचओले थप अध्ययन गर्ने बताएको छ ।

अन्यत्र कतै त्यो भाइरस उत्पत्ति भएको उनीहरूको धारणा छ । त्यसमा अनुसन्धान भइरहेको जानकारी डब्ल्यूएचओले दिएको सिन्ह्वाले जनाएको छ । डब्ल्यूएचओका टोलीले वुहान सहरमा स्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन मात्र गरेनन् अन्य ल्याबहरूको पनि अध्ययन-अनुसन्धान गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया