Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यो भ्याक्सिनको नतिजा निकै राम्रो भएको प्रतिक्रिया भ्याक्सिन लगाएका देशहरूबाट आइरहेका छन् ।

यसैबीच बेलायतको स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले पनि भ्याक्सिनले उत्कृष्ट नतिजा निकालेको बताएका छन् । ‘यो अहिलेसम्मकै उत्कृष्ट नतिजा र काम भन्नुपर्छ,’ म्याटले भनेका छन् । कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न यो भ्याक्सिन प्रभावशाली रूपमा अघि बढिरहेको कम्पनीले पनि दाबी गरेको छ । बेलायतले पहिलो चरणमा नौ लाख ६० हजार नागरिकलाई यो भ्याक्सिन लगाएको थियो ।

बेलायतमा पहिलो चरणको खोप सुरु गर्दा यसअघिको नतिजा र विश्लेषण गरिएको थिएन । यहाँका स्वास्थ्य विभागका सचिव म्याटले बुधबार अध्ययन तथा अनुसन्धानपछि भ्याक्सिनको काम अति नै सन्तोषजनक रहेको जनाएका हुन् । ‘अहिलेको परिणाम हेर्दा यसले पर्याप्त प्रभाव पार्न सक्छ जस्तो महसुस भएको छ,’ उनले भने ।
भ्याक्सिनले असर गर्दै जाँदा आफूहरूमाथि दबाब सिर्जना हुने उनको भनाइ छ ।

म्याटले बिबिसीको ब्रेकफास्ट कार्यक्रममा भनेका छन्, ‘हामी सबैलाई यस महामारीबाट बाहिर निस्कन यो भ्याक्सिनले मद्दत पु¥याउँछ ।’ केही साताअघि युनिभर्सिटी अफ अक्सफोर्डले नै भ्याक्सिन निर्माण कम्पनीमा गएर अध्ययन गरेको थियो । त्यहाँ अक्सफोर्डका अनुसन्धानकर्ताहरूले प्रत्येक भ्याक्सिन बनाउन अपनाएको प्रविधि निरीक्षण गरेको म्याटले बताए ।

दोस्रो डोज खोप दिन हतार नगर्न सुझाब
कोरोना भाइरसविरुद्धको पहिलो चरणको भ्याक्सिनेसन अभियान विश्वभर नै जारी छ । पहिलो डोज सकिएका कतिपय राष्ट्रहरूले दोस्रो डोज चरणको खोप वितरणको तयारी गरिरहेका छन् । तर, बेलायतको मेडिकल एसोसिएसनले भने तत्काल दोस्रो डोज खोप प्रयोगमा ल्याउन नहुने भनाइ अघि सारेको छ ।

एसोसिएसनका प्रोफेसर तथा अक्सफोर्ड भ्याक्सिनका विज्ञ एन्ड्रयु पोलार्डले सबैतिरको नतिजा आएपछि मात्र दोस्रो डोज खोप दिन सुझाब दिएका छन् । आफूहरूले गरेको अध्ययनले यस्तो निष्कर्षमा पुगेको उनले बताएका छन् । ‘२२ दिनसम्म भ्याक्सिन लगाएका व्यक्तिको अवस्था हेर्नुपर्छ, पहिलो डोजले राम्रोसँग काम गरेपछि मात्र अर्को डोजका लागि योग्य मानिन्छ,’ प्रोफेसर पोलार्डले भने ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया