Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – खोप अभियानको देस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया