Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

वासिङ्टन – अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनुपर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यात्रा गर्नु पूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरुले जनाएका छन् । अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ ।

‘दुई बर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोना भाइरसबाट सङ्क्रमित नभएको वा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ’, राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन् । ‘यदि तपाईले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाईले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ’, वक्तव्यमा उल्लेख छ । न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागु गर्ने सम्बन्धी निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया