Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

Photo : Toru Hanai

टोकियो – जापानमा संक्रमितको संख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै धेरै संक्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मार्च देखि शहरी क्षेत्रमा “मास परीक्षण”को काम सुरु गर्ने भएको छ ।

केन्द्रिय सरकारले टोकियो, ओसाका र अन्य उच्च संक्रमण देखिएका महानगरीय क्षेत्रहरुमा प्रति दिन हजारौं पीसीआर टेस्ट गर्ने लक्ष्य राखेको छ । परीक्षणबाट संकलित जानकारीलाई भाइरस रोकथामको प्रभावकारी उपायहरुको विकास गर्न प्रयोग गरिने स्रोतले जानकारी दिएको छ ।

स्थानीय सरकारले हाल लक्षण देखिएका वा संक्रमित व्यक्तिसँग घनिष्ठ सम्पर्क भएका मानिसहरूलाई मात्र पीसीआर परीक्षणको लागि प्राथमिकता दिंदै आइरहेको छ । अब भने यस विपरीत भाइरस कत्तिको फैलिएको छ भनेर निर्धारण गर्न जो कोहि व्यक्तिले पनि परीक्षण गर्न पाउने व्यवस्था मिलाइने छ । निजी कम्पनीहरूद्वारा संचालन गरिने यो परीक्षणको खर्च पूर्ण रूपमा केन्द्रिय सरकारले बेहोर्ने बताइएको छ ।

मास परीक्षण एयरपोर्ट, मानिसको संख्या धेरै र आवतजावत धेरै हुने स्थान जस्तै शहरका केन्द्रहरू, कम्पनीहरू र विश्वविद्यालयहरूमा हुने अपेक्षा गरिएको छ ।

साथै हुलाक मार्फत प्राप्त हुने नमुनाहरू (परीक्षण किट प्रयोग गरेर संकलन गरिएको हुनु पर्ने) पनि स्वीकार गरिनेछ ।

स्वास्थ्य विशेषज्ञहरुले ठूलो संख्यामा परीक्षण नगरिए संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया