Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् । ‘बिहीबार पुणेस्थित कम्पनीमा आगलागीका कारण एक हजार करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ सीईओ पुनावालाले भने ।

सीईओ पुनावालाले आगलागीका कारण कोरोना भाइरसविरुद्धको खोप आपूर्तिमा कुनै असर नपर्ने पनि बताएका छन् । पुनावालाले भने, ‘कोरोना खोप उत्पादनमा कुनै असर पर्दैन । हामीले कम्पनीमा कैयौं औषधि बनाउँछौं । तर बीसीजी खोपको आपूर्ति भने प्रभावित हुन सक्छ । यस घटनाले हामीलाई ठूलो आर्थिक क्षति पुगेको छ ।’

आगलागीमा परी कम्पनीमा कार्यरत ५ जना कर्मचारीको मृत्यु समेत भएको थियो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सायरस पुनावालाले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । भारत सरकारले उक्त कम्पनीले बनाएकै कोभिसिल्ड खोपको १० लाख डोज नेपाल सरकारलाई उपलब्ध गराएको छ । डोजको संख्याका हिसाबले एसआईआई विश्वकै ठूलो खोप निर्माता कम्पनी हो । –एजेन्सी

तपाईको प्रतिक्रिया