Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले यसबारेमा बुधबार जानकारी दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप बिहीबार काठमाडौं आइपुग्ने भएको हो ।  मन्त्री त्रिपाठीका अनुसार यो खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिनेहरुलाई लगाइने छ । ‘नेपालमा ७२ प्रतिशत जनसंख्या खोपका लागि उपयुक्त रहेको ठहर हामीले गरेका छौं’, उनले भने, ‘भारतबाट बिहीबार आउने यो खोप हाम्रो जनसंख्याको ३ प्रतिशत ‘फ्रन्टलाइन’का योद्धाहरुलाई लगाइनेछ ।’

त्रिपाठीका अनुसार यो खोप देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनकर्मी, चिकित्साकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइनेछ । त्यसबाट बाँकी भएको खोप उच्च जोखिमका अन्य समुदायलाई क्रमश: लगाउँदै जाने उनले बताएका छन् ।

‘कोभिडविरूद्धको संघर्षका पहिलो योद्धालाई पहिलो प्राथमिकता दिएर खोप दिइनेछ । कानुनी र आर्थिक सबै प्रक्रिया पूरा भइसकेको छ’, उनले भने, ‘भारत सरकारको सहयोग र हाम्रो निरन्तर प्रयासले १० लाख डोज खोप आयो । प्रथम चरणको खोप योद्धाहरुलाई पुर्‍याउने कोसिस हुनेछ । त्यसपछि बाँकी खोप जोखिम रहेका जनसंख्यालाई दिइनेछ ।’

तपाईको प्रतिक्रिया