टोकियो – जापानमा मंगलबार पहिलो पटक एकैदिन सय भन्दा बढी कोरोना संक्रमितको निधन भएको छ । साँझ ७ बजेसम्ममा देशभरका १०३ कोरोनाका बिरामीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै जापानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६८८ पुगेको छ ।
यसका साथै जापानमा पछिल्लो १७ दिनदेखि लगातार गम्भीर अवस्थाका संक्रमितको संख्या बढेर मंगलबारसम्म १००१ जना पुगेको छ । जुन अहिलेसम्म कै धेरै हो । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार आज एकैदिन २८ जना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
आज साँझ ७ बजेसम्ममा जापानभर ५२९५ जना नयाँ संक्रमित थपिएका छन् । यो बिवरणसँगै जापानमा कोरोना संक्रमितको कुल संख्या ३,४१,४६८ पुगेको छ । त्यस्तै अहिलेसम्म निको हुनेहरुको संख्या २,५८,३२७८ पुगेको छ।***