Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इन्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार कर्नाटक राज्यको बालारी जिल्लामा रहेको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।

नागराज नामका ती व्यक्ति सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै थिए । उनले ड्यूटीकै समयमा बिहान ९ः३० बजेतिर मुटु दुखेको बताएका थिए । त्यसपछि बिरामी पर्दै गएका उनलाई तत्काल अस्पतालमा उपचार थालिएको थियो ।

थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

इन्डियन एक्सप्रेसको खबर अनुसार उनले नजवरी १६ मा दिउँसो १ बजेतिर कोरोनाको खोप लगाएका थिए । त्यसको २४ घण्टासम्म उनलाई कुनै समस्या देखिएको थिएन ।

उनको मृत्यु ह्दयघातबाट भएको चिकित्सकहरुले बताएका छन् । शव पोस्टमार्टमका लागि पठाएको र उनको मृत्युका थप कारणबारे त्यसपछि अनुसन्धान हुने कर्नाटकको स्वास्थ्य विभागलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले खबर दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया