Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शिजुओकामा तीन जनामा बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना संक्रमण पोजेटिभ देखिनेमा २ जना महिला र १ जना पुरुष छन् । योसँगै जापानमा भाइरसको नयाँ प्रजातिबाट संक्रमित हुनेको कुल संख्या ४५ पुगेको छ ।

संक्रमित तीनै जना बेलायतको भ्रमण नगरेको र विदेशबाट आएका कसैसँग कुनै सम्पर्कमा नरहेकोले समुदाय स्तरमा संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । यसरी जापान भित्रै बेलायतको नयाँ भेरिएन्ट भेटिएको यो पहिलो केस हो । संक्रमणको स्रोत पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

नयाँ प्रकारको कोरोना देखिएका ३ जनामा सामान्य लक्षण रहेको मन्त्रालयले जानकारी दिएको छ ।

बेलायतमा फैलिरहेको नयाँ प्रजातिको भाइरस अहिले विद्यमान भाइरसभन्दा सात गुणा बढी संक्रामक रहेको पाइएको जनाइएको छ ।
अहिले नै यो यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन । तथापि यो शीघ्र फैलिने भएको हुँदा नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया