Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ । केही दिन अघि बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ३२ वर्षीय र ६७ वर्षीय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिनअघि फर्किएकालाई निगरानीमा राखी नुमना परीक्षण गर्न पठाइएको थियो ।

जसमध्ये ३ वटा नमुना नेगेटिभ देखिएपछि नयाँ प्रजातिको संक्रमण पुष्टि गर्न पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो । प्रवक्ता गौतमले प्रयोगशालाबाट ३ जनामा नयाँ प्रजातिको संक्रमण भएको पुष्टि भएको जानकारी आजै प्राप्त भएको जानकारी दिए । संक्रमण पुष्टि भएका तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

तर ६७ वर्षीय पुरुष पोजेटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता गौतमले बताए । उनले नेपालमा भ्याक्सिन उपलब्ध नहुञ्जेल उच्च सावधानी अपनाउन आग्रह गरे । सकेसम्म भीडमा नजाने, जानुपरे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया