Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

बागलुङ – परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले अस्पताल पुगे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका-१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शैंयामा छटपटाइ रहेका छन् । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । ‘खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ’, रामचन्द्रका बाबु कृष्ण बोहराले भने, ‘घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शैंयामा छ ।’ रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनले केही काम गर्न सक्दिनन् । बोहरा परिवारले रामचन्द्रलाई बचाई दिन आग्रह गरेको छ ।

‘मिर्गौला त मै दिन्थें तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन’, कृष्ण भन्छन्, ‘कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।’ उनको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

‘मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु’, कृष्ण भन्छन्, ‘घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।’ अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु देखाउँछन् । ‘भएको पैसा चेकजाँचमै सकियो, ऋण समेत पाउन गाह्रो छ’, उनले भने, ‘कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।’

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छिन् । ‘मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्’, बोहराले भने, ‘छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।’ रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाई दिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ । –रासस

तपाईको प्रतिक्रिया