Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएको पाँच दिनमा एक हजार ५ सय वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरुले छ हजार ५ सय वटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

तीमध्येका १ हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरि सकिएको यहाँका स्थानीय अधिकारीहरुले जानकारी गराएका छन् । आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ । ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथ समेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ ।

हेबेइ प्रान्तको सिनजियाङ भन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीहरुले यस्ता आइसोलेसन सेन्टरहरु बनाउन थालेका पनि समाचारमा जनाइएको छ । चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेको बताइएको छ ।

उनले आफूले दुई सिफ्टमा गरी ३ सयजना कामदारलाई लगाएर पााच दिनको बीचमा १ हजार ५०० वटा आइसोलेसन कोठाहरु निर्माण गरेको जानकारी गराए । उनले सो क्षेत्रमा मात्र ६ हजार ५ सयवटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताए । –एजेन्सी

तपाईको प्रतिक्रिया