Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – कुनै पनि व्यक्तिको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गरिदैन, त्यसले अनेकन समस्या निम्त्याउने जोखिम रहन्छ ।

आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

जति खाएपनि नअघाउने

सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन चिकित्सकहरु प्रोटिन खाने सल्लाह दिने गरिन्छ । शरीरमा प्रोटिनको कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महसुस हुने गर्छ । जति खाना खाएपनि दिनभर भोको महसुस हुने गर्छ ।

‘सेल मेटाबोलिज्म’ मा प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा प्रोटिनको सेवनले भोकलाई नियन्त्रण गर्ने प्रोटिन निष्कासित हुने गर्छ, जसले लामो समय पेट भरिएको महसुस हुने गर्छ । मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको थियो ।

प्रतिरक्षा प्रणाली कमजोर हुने

हुन त विज्ञानमा अहिलेसम्म यो कुनै उपचारको विकास भएको छैन, जसले तपाईलाई रोग मुक्त जीवन जिउने सुनिश्चितता जाहेर गरोस् । यद्यपी, शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ ।

‘ओबेसिटी एण्ड वेट लस थेरापी’ नामक जर्नलमा उल्लेख गरिए अनुसार प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ ।

किनकी प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्टिबडिज निर्माण गर्न सहयोग पु¥याउँछ । जसले शरीरलाई विभिन्न किटाणु , जिवाणु तथा रोगहरुसँग लड्न सिकाउँछ ।

हड्डी भाचिने जोखिम

दूधले हड्डी मजुबत बनाउँछ भन्ने कुरा त तपाईले अवश्य सुन्नु भएको होला । जबकी हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ । त्यसैले, जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्र्दैन, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तनुका साथै हड्डी फ्राक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

हातखुट्टा सुन्निने

शरीरमा प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न अहम भूमिका निर्वाह गर्छ । उक्त नुन तथा पानीलाई कोशिकामा छिर्न दिदैन । रगतमा प्रोटिनको मात्रा न्युन भएमा उक्त फ्लड नियन्त्रित हुन पाउँदैन, जसका कारण हातखुट्टा दुख्ने, सुन्निने समस्या हुन्छ ।

कपाल झर्ने

शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौं किरेटिन नामक तत्वले बनेको हुन्छ, जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्छ ।

नङ टुक्रिने

मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ । त्यसैले पनि, नङलाई स्वस्थ राख्न छाला रोग विशेषज्ञहरु खानामा भरपूर मात्रामा प्रोटिनलाई समावेश गर्न सुझाव दिने गर्छन् ।

उच्च रक्तचापको समस्या

प्रोटिनको कमीका कारण पनि मानिसलाई उच्च रक्तचापको समस्या हुने गर्दछ । अण्डा, मासु लागायतका उच्च प्रोटिनयुक्त आहारको सेवन गर्ने युवाहरुमा चार वर्षको अवधीमा उच्च रक्तचापको समयमा कम भएको पाइएको छ ।

त्यसैले, पनि चिकित्सकहरु उच्च रक्तचापको विरामीलाई प्रशस्त मात्रामा प्रोटिनको सेवन गर्न सल्लाह दिने गर्दछन् । अन्यथा, उच्च रक्तचापका कारण मानिसलाई हृदयघात, पक्षघात लगायतका समस्या निम्तने जोखिम उच्च हुने गर्दछ ।

छाला सम्बन्धि समस्या

छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुनसक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ । यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा एक्जिमा पनि भन्ने गरिन्छ । जसका कारण छाला चिलाउने, पोल्ने तथा छालामा रातो दाग आउने गर्दछ ।

मांसपेशी कमजोर हुने

मांसपेशी बलियो बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।तर शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्वबाट प्रोटिन खोज्न थाल्दछ । त्यतिबेला यसले पुन अमिनो एसिडबाट प्रोटिन लिने गर्दछ ।

अनियमित महिनावारीको समस्या

अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ । पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ ।

पिसिओएसको समस्या कम गर्न चिकित्सकहरु उच्च प्रोटिनयुक्त खानेकुराको सेवन गर्न सल्लाह दिने गर्दछन् । जबकी पिसिओएसबाट पिडित महिलालाई मैदाबाट बनेको खानेकुरा, चिनी लगायत कार्वोहाइड्रेट्सयुक्त खानेकुरा नखान सल्लाह दिइने गरिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया